नियम १४
दर्ता भएका समाचार पत्रपत्रिका

(१) ऐनको दफा १४ मा समाचार पत्रपत्रिकाको परिभाषा गरिए बमोजिमको वस्तु निम्न व्यहोरा पूरा गरी ल्याइएमा सहुलियत दरमा
हुलाकद्वारा चलान गर्न सकिनेछः–
(क) एउटा जिल्ला हुलाक प्रयोग गर्नको लागि दश रूपैया“ तिरी गोश्वरा हुलाक वा सम्बन्धित जिल्ला हुलाक कार्यालयमा र एक भन्दा बढी
जिल्ला हुलाक प्रयोग गर्नको लागि प्रत्येक थप जिल्ला हुलाकको लागि दुई रूपैयाँ तिरी हुलाक सेवा विभाग वा सम्बन्धित क्षेत्रिय हुलाक
निर्देशनालयमा हुलाक सेवा विभागद्वारा निर्धारित गरिएको फाराम भरी समाचार पत्रपत्रिका दर्ता गर्नु पर्नेछ । यसरी दर्ता गराई दिएको नम्बर समाचार पत्रपत्रिकाको पहिलो पेज वा अन्तिम पेजमा देखिने ठाउ“मा अङ्कित भएको हुनु पर्छ ।
(ख) खण्ड (क) बमोजिम समाचार पत्रपत्रिका दर्ताको लागि दरखास्त गरिंदा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट लिइएको दर्ताको  प्रमाण–पत्र आफुले समाचार पत्रपत्रिका दाखिल गर्न चाहेको हुलाकको नाम, तीसजना वास्तविक ग्राहकको नाम र दुईप्रति समाचार पत्रपत्रिका समेत पेश गर्नु पर्नेछ ।
तर नेपाल  भित्रका विदेशी राजदूतावासबाट नेपाल ……………. भित्र प्रकाशित गरेका समाचार पत्रपत्रिकाको हकमा दर्ताको प्रमाण–पत्र पेश गर्नु पर्ने छैन ।
(ग) समाचार पत्रपत्रिकाको प्रतिहरू वा विटा (वण्डल) दुबै छेउ खुला रहने गरी रैपर सहित वा रहित हुलाक दाखिल गर्न सकिनेछ । दोब्र्याउँदा
हुलाक सेवा विभाग वा क्षेत्रिय हुलाक निर्देशानालय वा जिल्ला हुलाक कार्यालय वा गोश्वारा हुलाकबाट प्राप्त रजिष्टर्ड नम्बर बाहिरबाट प्रष्ट
देखिने हुनु पर्छ ।
(घ) समाचार पत्रपत्रिकाको दर्ता गर्दा हुलाक हाकिमले तोकेको दिन र समयमा तोकिदिएको हुलाकमा दाखिला गर्नु पर्नेछ । त्यसरी दाखिलाको लागि हुलाक तोक्दा हुलाक हाकिमले जुनसुकै हुलाक पनि तोक्न सक्नेछ ।
(ङ) समाचार पत्रपत्रिकामा लाने महसुलको अग्रिम भुक्तानी टिकट टाँसी वा फ्रेन्किङ्ग गरी गर्नु पर्नेछ,
(च) समाचार पत्रपत्रिकाको कभरमा ठेगानावालाको नाम तथा ठेगाना एक प्रतिभन्दा बढी पठाइने प्याकेटमा प्याकेटभित्र रहेको प्रतिको संख्या, समाचार पत्रपत्रिकाको नाम तथा ठेगाना, चन्दादाताको संख्या जनाउन लेखिए भन्दा बाहेक अन्य कुनै किसिमको चिन्ह वा कुनै किसिमको कुरा पनि लेख्न हु“दैन,
(छ) ऐनको द˚ा १४ मा उल्लेख भएको अतिरिक्ताङ्क भन्दा बाहेक अन्य कुनै किसिमको कागज वा वस्तु समाचार पत्रपत्रिका भित्र खाम्नु हु“दैन,
(ज) समाचार पत्रपत्रिकाको दर्ता प्रत्येक आर्थिक वर्षको आषाढ मसान्तसम्म मात्र कायम रहनेछ । यसरी दर्ता भएका समाचार पत्रपत्रिकाका
प्रकाशकले सम्बन्धित कार्यालयमा प्रत्येक आर्थिक वर्षको आषाढ मसान्तसम्ममा पाँच रूपैयाँ र प्रत्येक थप जिल्ला हुलाकको लागि एक
रूपैया“का दरले दस्तुर तिरी नवीकरण गराउन पर्नेछ । सो म्यादभित्र नवीकरण नगराएमा सो म्याद समाप्त भएको तीन महिनाभित्र प्रत्येक
जिल्ला हुलाकको लागि ६ रूपैया“ दस्तुर तिरी नवीकरण गर्न सकिनेछ । सो म्यादभित्र पनि नवीकरण नगराएमा त्यस्तो दर्ता स्वतः खारेज हुनेछ ।
(२) ऐनको दफा१४ मा लेखिएका शर्तहरू पालन नगरिएमा वा यसै नियममा उल्लेख भएका शर्तहरू पालन नगर्ने समाचार पत्रपत्रिकालाई हुलाकद्वारा चलान गर्न यस नियमले कुनै बाधा पु¥याएको मानिने छैन । छापा कागजमा लाग्ने महसुल बमोजिमको हुलाक महसुलको अग्रिम भुक्तानी गरी हुलाकद्वारा पठाउन सकिनेछ ।
(३) दर्ता भएको कुनै समाचार पत्रपत्रिकाको सम्बन्धमा ऐनको दफा १४ को उपदफा (२) र (३) मा उल्लेख भए बमोजिम नभएको देखिन आएमा सम्बन्धित कार्यालयले त्यस्तो दर्ता तुरून्त रद्द गर्न सक्नेछ ।
(४) एक स्थानबाट सहुलियत दरमा चलान भएका समाचार पत्रपत्रिका पुन अर्को स्थानमा सहुलियत दरमा पठाउन सकिने छैन ।
(५) हुलाक दर्ता गरिएका समाचार पत्रपत्रिका थोकको रूपमा पठाउनु परेमा तौलको आधारमा महसुल लाग्नेछ ।
(६) समाचार पत्रपत्रिका बाहेक कानून बमोजिम दर्ता भई नियमित रूपले प्रकाशित भैरहेका पत्रपत्रिकामध्ये साहित्य, कला, संस्कृति, विज्ञान र वातावरण सम्बन्धी शिक्प्रषद ज्ञानबर्धक र सोधमूलक सामग्री अधिकांश मात्रामा समावेश भएको आधारमा सञ्चार मन्त्रालयले उपयुक्त ठह¥याएको पत्रपत्रिकालाई सहुलियत दरमा हुलाकबाट चलाउनको लागि बुकपोष्ट वा छापा कागजमा लाग्ने महसुलमा पच्चीस प्रतिशत सहुलियत पाउने गरी हुलाक दर्ता गर्न सकिनेछ । तर कुनै उद्योग, व्यापार, व्यवसाय वा पेशाको उत्पादन वा सेवा प्रवर्धन गर्ने वा प्रचार–प्रसार गर्ने वा विज्ञापन प्रधान भएका पत्रिकालाई त्यस्तो सुविधा दिइने छैन । (७) सहुलियत प्राप्त गरिरहेका समाचार पत्रपत्रिका वा अन्य पत्रपत्रिकाले यस नियमावली बमोजिम तोकिएका शर्तहरू पालना नगरेमा वा प्रकाशित सामग्रीको आधारमा सुविधा प्राप्त गर्ने आधार पूरा गरेका नदेखिमा पाइरहेको हुलाक सुविधा दिइने छैन ।